विदुर नगरपालिकाको ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम

विदुर खबर २०८० भदौ ३ गते १५:३२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम सञ्चालन गरेको छ ।

Advertisement

आईतवार नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिका वडा नम्बर ७ सोलेबाट अभियानको शुरुवात गरेका हुन् । मेयर श्रेष्ठले सोलेको सुर्य दाईको किराना पसलकी संचालिका कल्पना मोक्त्तानलाई व्यवसाय दर्ताको प्रमाण पत्र वितरण गरेर जहाँ व्यवसाय त्यहाँ दर्ता’ अभियानको शुरुवात गरेका हुन् ।

नगरपालिकाले बजार अनुगमन, व्यवसाय सूचीकृत र व्यवसाय दर्ता कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख राजन श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।

Advertisement

नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार आईतवारबाट उक्त कार्यक्रम कार्यान्वयनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।

विदुर नगरपालिकामा १३ ओटा वडा रहे पनि नगरपालिकाका अधिकाँश व्यवसायीहरु विविध कारणले दर्ता प्रकृयामा नआउँदा नगरपालिकाले अपेक्षित राजश्व उठाउन नसकेकोले नीति तथा कार्यक्रममै समेटेर अभियानकै रुपमा यो कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

‘जहाँ व्यवसाय त्यहाँ दर्ता’, कार्यक्रमको प्रभावकारी कार्यान्वयन पछि सबै व्यवसायीहरु सूचिकृत भई मर्यादित व्यवसायको वातावरण समेत निर्माण हुने र कर प्रणालीमा सहभागिताका कारण नगरपालिकाको कार्य संचालनमा समेत सहजता हुने नगरपालिकाका प्रवक्ता तथा विदुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपालले जानकारी दिए ।

नगरपालिकाको यो कदमलाई स्थानीय तथा व्यवसायीहरुले राम्रो सुरुवात भएको भन्दै सबै सरोकारवालहरुले अभियानलाई साथ दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया