बट्टार बसपार्कमा विद्युतीय सवारी चार्जिङ स्टेसन

विदुर खबर २०८० भदौ १ गते १५:२६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बसपार्क र हावाघरमा  विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको छ ।

Advertisement

विदुर नगरपालिकाले जग्गा उपलब्ध गराएपछि बट्टारको वसपार्क र हावाघरमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । नगरपालिकाले उपलब्ध गराएको बसपार्कको जग्गामा बागमती प्रदेश सरकारले चार्जिङ स्टेसन निर्माण गरेको हो ।

बट्टार वसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसन जिविटि हो भने हावाघरमा निर्माण गरिएको चार्जिङ स्टेसन सिएसएस हो । वसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसनमा वस तथा सार्वजनिक यातायातको लागि बनाइएको हो भने हावाघरमा निर्माण गरिएको सिएसएस एचार्जिङ स्टेसन साना कारहरुको लागि बनाइएको हो ।

Advertisement

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले पहिलो चरणमा प्रदेशका मुख्य सहर धुलिखेल, भरतपुर, काठमाडौं उपत्यका, हेटौँडा, नुवाकोट, सिन्धुलीमा विद्युतीय बस सञ्चालनका लागि सातवटा रुट तयार गरेर कार्य अगाडि बढाइसकेको छ । तय गरेको रुटमा काठमाडौंको रिङरोड, बुढानीलकण्ठ–सातदोबाटो, चितवन–हेटौँडा, काठमाडौं–नुवाकोट, नुवाकोटको त्रिशूली–हेटौँडा, धुलिखेल–काठमाडौं, हेटौँडा–सिन्धुली, काठमाडौं–चितवन–हेटौँडालगायत रहेको छ ।

बसपार्कमा नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तह र बागमती प्रदेश सरकारले संयुक्त रूपमा चार्जिङ स्टेसन निर्माण गरेका हुन् । प्रदेश सरकारले माग गरे अनुसारको जग्गा उपलब्ध गराइएकाले बट्टार बसपार्क सञ्चालनमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन बनेपछि थप सहयोग पुग्ने अपेक्षा उनले गरेका छन् ।

Advertisement

यातायात सेवालाई सर्वसुलभ पहुचयोग्य यातायात प्रणाली सञ्चालन गरी आगामी ०८५ भित्र प्रदेशको ठूला सहरबाट पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापन गर्ने गरी बाग्मति प्रदेशबाट काम सुरु भइरहेको छ ।

प्रतिक्रिया