आशा लघुवित्तले ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमायो
नुवाकोट । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.३० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १७.३२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६६.६९ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने २ करोड ९५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३.८५ प्रतिशतबाट बढेर ३.९३ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २८ लाखबाट बढेर ४ करोड ८१ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १७ पैसा घटेर ५ रुपैयाँ ९० पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १३३.२७ गुणा रहेको छ।
६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ८ अर्ब २९ करोड ९ लाख निक्षेप तथा सापटीबाट ८ अर्ब ८४ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया