एमालेले सरकारबाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री महत

विदुर खबर २०८० साउन ३२ गते १६:३६

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेर सरकारबाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन् ।

Advertisement

बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले समय–समयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकारबाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताए ।

संसद् भनेको समसामयिक विषयमा सघन रूपमा छलफल गर्ने,ऐन कानुनहरु बनाउने थलो भए पनि त्यस्तो बन्न एमालेले नदिएको उनले बताए । सरकारले संघीयताको मर्मअनुसार ऐन कानुन बनाउने संसद्मा विधेयक प्रस्ताव गर्ने तयारीमा भए पनि एमालेले संसद् अवरुद्ध गर्दा नसकिएको उनको भनाइ छ ।

Advertisement

‘संसद् भनेको जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरूले समसामयिक विषयमा गहन रूपमा छलफल गर्ने थलो हो । ऐन,कानुनहरू बनाउने थलो हो । कतिपय ऐनहरू सरकारले संघीय संरचनाअनुसार परिमार्जित गर्नुपर्ने छ । संघीय व्यवस्थालाई बलियो बनाउँछौं । धेरै कानुनी विधेयकहरू संसदमा प्रस्ताव तयारीमा सरकार लागेको छ । तर प्रतिपक्ष एमालेले संसद्मा छलफल गर्न दिएन ।

हरेक पटक केही न केही बहानामा संसदलाई बन्दी बनाइराखियो भने यी कुराहरू अगाडि बढ्दैनन्, अर्थमन्त्री महतले भने ।

Advertisement

प्रतिक्रिया