विदुर नगरपालिका बजार क्षेत्रको ठेलागाडा हटाउन सक्रिय बन्दै

विदुर खबर २०८० साउन ३० गते २१:५४

नुवाकोट । विदुर नगरपालिकाले सडक छेउछाउमा ठेलागाडामा व्यापार व्यवसाय गर्नेहरूलाई हटाउन थालेको छ ।

Advertisement

विदुर नगरपालिकाले अतिक्रमित क्षेत्र हटाउनेक्रममा पहिलो चरणमा सडक तथा पैदलयात्रु हिड्ने स्थानमा राखिएका ठेलागाडा र घम्ती हटाउन सुरु गरेको हो ।

सार्वजनिक स्थानमा अतिक्रमण गरी अव्यवस्थित रूपमा राखिएका घुम्ती, ठेलागाडा हटाउंदै नगर पहरीमार्फत विदुर नपाले नियन्त्रणमा लिन थालेको हो । विभिन्न बजारको सौन्दर्य वढाउनका साथै सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन सुरु गरिएको मेयर राजन श्रेष्ठको भनाई छ ।

Advertisement

उनका अनसार पहिलो चरणमा विदुर, वट्टार र कोलोनीमा अतिक्रमित स्थान खाली गराउन थालिएको हो । सार्वजनिक तथा सडक क्षेत्र अतिक्रमण गरि राखिएका सामान तथा ठेलागाडा उठाउने कार्यलाई निरन्तरता दिइने मेयर श्रेष्ठले बताए ।

सडक अतिक्रमण गरि ठेलागाडा तथा सामानहरू राखि व्यापार व्यवसाय सञ्चालन नगर्न उनले अनरोध गरेका छन् । नपाले जिल्ला पशासन कार्यालय अगाडि रहेको घम्ती तथा टहराहरू उठाउन सुरुु गरी इन्टेकमा सडक अतिक्रमण गरि अव्यवस्थित रूपमा ठेलागाडा राखि व्यापार व्यवसाय सञ्चालन गरिएका ठेला गाडाहरू, फटपाथ व्यापारीहरू हटाउन सुरूगरिएको विदुर नगर प्रवक्ता रविन्द्र रिजालले जानकारी दिए ।

Advertisement

उनका अनसार नगर प्रहरी इञ्चार्ज दीपक रिमालको टोलीले अतिक्रमित क्षेत्र खाली गराउन थालेको हो । सार्वजनिक स्थानमा अतिक्रमण गरि सामान राखि व्यापार व्यवसाय सञ्चालन गरिरहेका ठेला गाडाहरू र घुम्तीहरू हटाइएको प्रवक्ता रिजालको भनाई छ ।

नगरपालिकाको अनरोधलाई अटेरी गर्ने ठेलागाडा जफत गर्न शुरूवात भइसकेको हुँदा हटाउन बाँकिरहेका ठेलागाडाहरू तुरून्त हटाउन रनगरपालिकाभित्रका मख्य बजार क्षेत्रका सार्वजनिक स्थान, सडक क्षेत्रहरूमा सडक अतिक्रमण गरि ठेलागाडा तथा सामानहरू राखि व्यापार व्यवसाय सञ्चालन नगर्न समेत विदुर नगरपालिकाले सवैमा आग्रह गरेको छ ।

प्रतिक्रिया