रिलायवल लाइफको आईपीओ भाेलि बाँडफाँट हुने
नुवाकोट । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटकाे कार्यालय भाेलि बुधबार साँझ ५ बजे शेयर बाँडफाँट हुने भएको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आइपीओमा १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशमा ल्याएको थियो ।
त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरी बाँटफाँट गरिसकेको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेका ९६ लाख कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।
सर्वसाधारणलाई १ करोड २० लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया