रसुवामा निर्माणाधिन लाङटाङ खोला हाइड्रोपावरको सुरुङ ‘ब्रेक थ्रु’
रसुवा । आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला हाइड्रोपावर आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ ।
स्याफ्रुबेसी रसुवा स्थित लाङ्टाङ खोलामा निर्माणाधिन आयोजनाको ३.९ किलोमिटर सुरुङ छेडिएको हो। साउन २८ गते आयोजना स्थलमा आयोजित समारोहमा कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्वीच अन गरेर सुरूडको ब्रेक थ्रुको औपचारिक घोषणा गरेका हुन् ।
कम्पनीले आयोजनाको सिभिल तर्फको ८० प्रतिशत कार्य सम्पन्न भएको जनाएको छ। अनुमानित ४ अर्ब लागतमा बन्दै गरेको आयोजनाबाट आगामी १ वर्ष भित्र विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
आयोजनाको कूल लगानी चार अर्ब पाँच करोड प्रक्षेपण गरिएकामा शेयरधनीहरुबाट १ अर्ब ३२ करोड र बैंकहरुले २ अर्ब ७३ करोड ४० लाख लगानी रहेको छ। साविक सनराइज बैंकको नेतृत्वमा आयोजनामा ऋण लगानी भएको हो ।
आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत् चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया