नुवाकोट खुल्ला ¥यापिड बुद्धिचाल प्रतियोगिताको शुरु
नुवाकोट । नुवाकोटमा आजदेखि खुल्ला ¥यापिड बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
नुवाकोट बुद्धिचाल संघको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को मुख्य प्रायोजनमा शुरु भएको प्रतियोगिताको उद्घाटन विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राईले संयुत्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेलिन रन्जितले नुवाकोटमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिताले ठुलो भुमिका खेल्ने बताए । वडाध्यक्ष रन्जितले आफलेु खेल क्षेत्रमा पहिले देखिनै सहयोग गर्दे आएको बताउँदै यस प्रतियोगिताले राम्रा खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राईले नुवाकोटका खेलुकद समितिहरु पछिल्लो समय सक्रिय हुन थालेको बताए । उनले बुद्धिचाल संघले विभिन्न संघसंस्थाको सहयोगमा आफै प्रतियोगिता आयोजना गर्नु उल्लेखनीय कार्य भएको बताए ।
कार्यक्रममा नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले नुवाकोटका खेलाडीहरुको सिप र क्षमता बढाउन जिल्लाव्यापी प्रतियोगिता आयोजना गरिएको बताए । उनले बुद्धिचाल खेलले खेलाडीहरुलाई भित्रैवाट सबल र सक्षम बनाउने उल्लेख गरे
भोलिसम्म सचालन हुने प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ चौथो हुनेले ४ हजार रुपैयाँ पाँचौ हुनेले ३ हजार रुपैयाँ र छैठौँ देखि दर्शौ स्थान प्राप्त गर्नेले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय फिडे नियम अनुसार हुने भएकोले केही जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत समावेश गराइएको छ ।
प्रतियोगितामा नुवाकोटका ३७ सहित ५६ जना खेलाडीहरुको सहभागिता रहेको नुवाकोट बुद्धिचाल संघले जनाएको छ ।
प्रतियोगिताको मिडिया पार्टनरको रुपमा विदुर खबर अनलाईन रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया