हाप्किडो संघ नुवाकोटको अध्यक्षमा गुरुङ
नुवाकोट । नुवाकोट हाप्किडो संघको अध्यक्षमा विकास गुरुङ चयन भएका छन् ।
हाप्किडो संघ बागमती प्रदेशका अध्यक्ष मनोज लामाको सभापतित्व भएको नुवाकोको जिल्ला भेलाले उपाध्यक्षमा सुमन घिमिरे र विरेन्द्र गुरुङ, सचिवमा सुमित्रा गुरुङ र कोषाध्यक्षमा प्रविण गुरुङ चयन भएका छन् ।
यस्तै भेलाले सदस्यहरुमा दिनेश गुरुङ, निमेश गुरुङ, रमेश तामाङ, समिर गुरुङ, विमला गुरुङ र अस्मि गुरुङलाई चयन गरेको छ ।
यस्तै भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ जसको संयोजकमा मनराज गुरुङ र सदस्यहरुमा भिमबहादुर तामाङ, अम्बर तामाङ र भैरव कार्की रहेका छन् ।
के हो त हाप्किडो खेल ?
‘हाप्किडो’ विशेष गरेर कोरियन मार्शल आर्ट्स खेल हो । यो खेलको उत्पत्ति दक्षिण कोरियामा सन् १९४८ मा भएको हो । यो खेलको जन्मदाता चाई योङ्ग सुल हुन् । सुलको जन्म सन् १९०४ मा दक्षिण कोरियामा भएको थियो । सुलले मार्शल आर्ट्सका विभिन्न विधाबाट प्रभावित भएर आफ्नो कलामा आधारित ‘हाप्किडो’ लाई मार्शल आर्ट्स खेलको रुपमा विकास गरेका थिए ।
युरोपमा हाप्किडोले आफ्नो जरा गाडिसकेपछि यसको विकास एसियन राष्ट्रहरुमा हुन पुग्यो । सर्वप्रथम इन्डोनेशिया, सिङ्गापुर, थाइल्याण्ड, उज्बेकिस्तान, भियतनाम, किर्गिस्तान, काजकिस्तान, मंगोलिया, कम्बोडिया, लाओस र हङकङमा यो खेलको विकास र विस्तार भएको देखिन्छ । त्यसपछि अरेबियन राष्ट्रहरुमा पनि यो खेलले विस्तारै विस्तारै, आफ्नो पकड जमाउन सफल भएको थियो । त्यसको केहि समय पश्चात् यो खेलको विकास अष्ट्रेलिया, दक्षिण अफ्रिका र उत्तर अमेरिका महादेशका राष्ट्रहरुमा हुन पुगेको थियो ।
पछिल्लो समय वि.सं. २०६४ सालमा डोजाङ्गकै रुपमा हाप्किडो खेल नेपालमा भित्रिएपनि २०७३ सालमा मात्रै यसले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट राष्ट्रिय संघको रुपमा मान्यता पाएको थियो । अहिले नेपालमा यो खेल लोकप्रिय बन्दै गहि रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया