रसुवाको सुख्खा बन्दरगाहको निर्माण ४५ प्रतिशत सम्पन्न

टिमुरे । रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राईपोर्ट)को ४५ पतिशत निर्माणको काम सम्पन्न भएको छ ।
चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको काम गरिरहेको छ । दुई देशको आयात–निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ ।
कोरोना सब्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । कम्पनीका पबन्धक हवाब पिबले बन्दरगाह निर्माणको काम नियमित रूपमा भइरहेको जानकारी दिए ।
सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नदी किनारमा पर्खाल लगाउने काम सकिएकाले अन्य काम छिटो हने बताए । भन्सार पास हुन आएका सवारी–साधन महिनौँसम्म बन्दरगाहमा पार्किङ गरेरराख्दा निर्माण कार्यमा समस्या भएको उनको भनाइ छ । दई अर्ब १६ करोड ६० लाख रुपैयाँको लगानीमा बन्दरगाह निर्माण हनु लागेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजरेलले उत्तरी नाका रसुवामा निर्माण हन लागेको बन्दरगाहले आयात निर्यातलाई सहज बनाउने जानकारी दिए ।
नेपाल–चीनबीचको महत्वपूर्ण रसुवा नाकामा रामो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,’ उनले भने । रस ु वा नाका नेपालको ु नजिक पर्ने हँदा बन्दर ु गाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ ।
बन्दरगाहभित्र तीन सय १३ साना र २३ वटा ठूला कन्टेनर रहनेछन् । बन्दरगाहभित्र इमिग्रेसन र पार्किबको व्यवस्था रहनेछ । त्यस्तै, कार्गो गोदाम र दुईवटा भवन निर्माण गर्ने योजना छ । समितिका अनसार बन्दरगाहमा एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टिन कार्यालय, बैंक र सरक्षासमेतका निकाय रहनेछन् ।
रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखपट्टनम हँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारतको हँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढवानी लागत घट्ने हुँदाु उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायी जीवन पौडेलको भनाइ छ ।
रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनमान छ । चीनमा नेपालको व्यापार १३ पतिशत रहेको छ । तातोपानी नाका, रस ्र वा ु र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हने गर्छ ।
आयात नियमित रूपमा भइरहे पनि कोरोना सब्क्रमणका कारण लामो समयदेखि बन्द भएको रसवा नाका गत पुषमा खुलेर नियमित रूपमा निर्यात हन थालेको छ । हालसम्म नाकाबाट चीनमा चार सय ७० कन्टेनर सामान निर्यात भएको रसवा भन्सार कार्यालयले जनाएको छ ।
हाल दैनिक १० देखि १५ वटा कन्टेनर सामान नेपालबाट चीन जाने गरेको कार्यालयको तथ्याङक छ । कार्यालयका चालू आवको जेठसम्म रसवा ु नाकाबाट १६ अर्ब ३० करोड रुपैयाँको सामान आयात भएकामा एक अर्ब ६२ करोड रुपैयाँबराबरको सामान निर्यात भएको छ । सामान आयात गरेर सात अर्ब २५ करोड राजस्व सब्कलन भएकोसमेत कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया