राजस्व लक्ष्य भेटाउने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/07/a0d5acbda44f23ccffb0353094ee1ab81690276977.jpg)
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको राजस्व संकलनको लक्ष्य पूरा हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री डा. महतले सरकारले लिएको लक्ष्य प्राप्त हुनुपर्ने भन्दै कर्मचारीको मूल्यांकन पनि सोही आधारमा हुने बताए ।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले गत वर्ष विविध कारणले लक्ष्य भेट्न नसकिएपनि यसपालि पनि त्यस्तै हो भन्ने छुट नहुने बताए ।
मूल्य अभिवृद्धि कर (भ्याट) हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराइएको मन्त्री महतको प्रष्टिकरण छ ।
‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ,’ उनले अघि भने, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो, त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’
स्याउ, आलु र प्याजमा पनि कर लागेको तर त्यो भन्सारमा मात्र लाग्ने बताउँदै उनले भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्ने बताए ।
सरकारले चालु आर्थिक वर्षमा साढे १२ खर्ब राजस्व संकलनको लक्ष्य लिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया