माथिल्लो मैलुङ खोलाले आईपीओ खुलायो

विदुर खबर २०८० साउन ९ गते १२:०७

नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका आजबाट आइपीओ बिक्री गर्ने भएको छ।

Advertisement

रसुवा र नुवाकोट जिल्लामा आयोजनाबाट प्रभावित विभिन्न क्षेत्र तथा गाउँपालिकाका स्थानीयलाई कुल १० लाख कित्ता सेयर जारी गर्दैछ। र एक लाख ५० हजार कित्ता भने बैदेशिक रोजगारीमा गएकालाई हो।

कम्पनीले जारी पुँजी एक अर्बको २५ प्रतिशत सेयर जारी गर्ने छ। यसैबाट सर्वसाधारणका लागि पनि सेयर बिक्री गर्ने छ।

Advertisement

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। स्थानीयले छिटोमा साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ। नभए भदौ एक गतेसम्म लम्ब्याउने कम्पनीले जनाएको छ। श्रमिकहरुले भने आवेदन दिने अन्तिम म्याद नै १८ गतेसम्म हो।

१४.३ मेगावाट क्षमताको परियोजनाको प्रति मेगावाट लागत १७ करोड ४८ लाख रुपैयाँ छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ७.१० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.७६ वर्ष रहेको छ।

Advertisement

प्रतिक्रिया