धादिङ थाक्रेका आचार्य जापानमा मृत भेटिए

विदुर खबर २०८० असार ३० गते १९:००

नुवाकोट ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ का २३ वर्षिय सुदिप आचार्यको जापानमा निघन भएको छ ।

Advertisement

उनी अध्ययनका लागि जापानमा थिए । जापान समाचार अनलाईनले जनाए अनुसार जुलाई ११ तारिख आचार्य स्थानिय खोलामा मृत भेटिएको हो ।

उनी रिचिनोमोरी जापानिज ल्याङवेज स्कुल, र्‍योगोकु सुमिदा कु टोकियोमा भाषा विद्यार्थीको रुपमा करिब एक वर्षअघि मात्र जापान आएका आचार्य सुमिदा कुमा बस्दै आएका थिए ।

Advertisement

प्राप्त समाचार अनुसार सोमबार राति उनी ११ बजे साथीहरुलाई एकैछिन बाहिर निक्ले भन्दै कोठाबाट बाहिर निस्किएका थिए । तर उनी मंगलबार बिहानसम्म नफर्केपछि खोजी गर्दा नजिकैको खोलामा तैरिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रतिक्रिया