आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/07/cd78f0ff644b229fea9ea6d79329af8d1689401836.jpg)
नुवाकोट । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शनिवार शेयर बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकले आवेदन दिएकोमा ११ लाख ८८ हजार ९९६ योग्य आवेदक कायम भएका थिए । योग्य आवेदक मध्ये ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
आईएमइ लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २३ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो ।
आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया