नुवाकोटमा साउन १९ गतेदेखि खुल्ला ¥यापिड बुद्धिचाल प्रतियोगिता हुने
नुवाकोट । नुवाकोटमा आगामी साउन १९ गतेदेखि खुल्ला ¥यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
नुवाकोट बुद्धिचाल संघको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को मुख्य प्रायोजनमा प्रतियोगिता संचालन हुन लागेको नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ चौथो हुनेले ४ हजार रुपैयाँ पाँचौ हुनेले ३ हजार रुपैयाँ र छैठौँ देखि दर्शौ स्थान प्राप्त गर्नेले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय रेटिङ्ग प्राप्त खेलाडीहरुसँग खेल्ने अवसर प्राप्त हुने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष जोशीले बताए । प्रतियोगितामा आवश्यक खेलाडीहरुसँग खेल्नुपर्ने अन्तर्राष्ट्रिय फिडे नियम भएकोले केही जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत प्रतियोगितामा समावेश गराईने छ ।
प्रतियोगतामा जिल्लाका सबै बुद्धिचाल खेलाडीहरुलाई सहभागी हुन नुवाकोट बुद्धिचाल संघले आह्वान गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन साउन १८ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ । जिल्लाका खेलाडीलाई दर्ता शुल्क तीन सय र जिल्लाबाहिरको खेलाडी लागि एक हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगिता आगामी साउन १९ र २० गते संचालन हुने आयोजकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया