रसुवामा सिस्नोको पाउडर उत्पादन गर्ने तालिम सम्पन्न

विदुर खबर २०८० असार १४ गते ८:१५

रसुवा । उत्तरगया गाउँपालिलिकाको वडा नं १ करुम¥याङमा सामुदायिक वनका सदस्यहरुलाइ सिस्नोको पाउडर उत्पादन सम्बन्धी सिप हस्तान्तरण ५ दिने तालिम सम्पन्न भएको छ ।

Advertisement

“महिला वन उद्यमी तथा उद्योग स्थापना” कार्यक्रम अन्तर्गत उत्तरगया गाउँपालिका र सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको साँझेदारीमा भएको तालिममा सिस्नोको पाउडर बनाउने मेसिन, प्याकिङ तथा जोख्ने तराजु लगायत सामग्री समेत हस्तान्तरण गरिएको छ । जंगलमा खेर जाने सिस्नोको महत्व तालिममा बुझेपछि अब उद्योग स्थापना गरेर पाउडर उत्पादन गर्ने र बजारमा लैजाने सहभागी तन्ती तामाङले बताए ।

एक उद्योग स्थापना गर्ने सोच भएको तर सामुदायिक भवन आवश्यक भएकोले स्थानीय सरकारले सहयोग गर्नुपर्ने तामाङले बताए । सीप सिकोको र यहाँका महिलाहरुलाइ सफल उद्यमी हुनका लागि थप सहयोग चहिने सहभागी रोजिना तामाङले बताइन् । सिस्नो टिपेर सुकाउने, पिस्ने र प्याकिङ गर्ने मात्र होइन लागत निर्धार गर्न समेत सिकेकोले अब वनमा खेर भैरहेको सिस्नोबाट हामी आम्दानी लिन सक्छौं उत्पादन प्रमुख वाङजी तामाङले भनिन् सवै मिलेर गाउँमा सिस्नो पाउडर उद्योग खोल्ने सल्लाह भएको छ ।

Advertisement

तालिम समापनमा सिस्नोको पाउडर उत्पादक समूह समेत गठन गरेका छन् । प्रबन्धक तान्ती तामाङ, उत्पादन प्रमुख वाङजी तामाङ, बजार प्रबन्धक रोजिना तामाङ, उत्पादन सहायक सुविमाया तामाङ, बजार सहायक मञ्जु घले, कार्यालय सचिव तिलक तामाङ रहेको १७ सदस्य रहेको प्रबन्धक तामाङले बताए ।

स्थानीय वनजंगल तथा घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर (धूलो)को रूपमा उत्पादन गरी उद्यमशीलताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । उपाध्यक्ष चमेली गुरुङले कृषकलाई उद्यममा जोड्नका लागी सामुदायिक वन उपभोक्ता महासंघ लाई धन्यवाद दिदै कृषि क्षेत्रबाट उद्यमशिलताको विकास गर्नुपर्ने बताएकि थिईन । उद्यमशिलता विकासका लागि उत्तरगया गाउँपालिकाले पहलको थालनी गरिरहेको बताउनु भयो ।

Advertisement

समापनमा उत्तरगया गाउपालीका प्रमुख प्रशासकिय अधिकृत दिपक प्रसाद अधिकारीले लौरोले हिर्काएको सिस्नो अव आयआर्जन लाई जोडन आग्रह गर्नु भयो । सामुदायिक वन उपभोक्ता महासंघ बागमति प्रदेसका उपाध्यक्ष लीलानाथ न्यौपानेले आफ्नै वरिपरी खेर जाने सिस्नो काठमाडौं, पोखरालगायतका देशका विभिन्न सहरमा औषधिको रूपमा प्रयाग गर्दै आएको हँुदा यसको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

गाउँ कार्यपालिका सदस्य बुटी तामाङ तालीममे सधै पछाडी परेको यस वडालाई अव उद्यमशिलताको नमुना बनाउनेमा जोडदिनुभयो । प्रशिक्षक गोपालप्रसाद तिमिल्सनाले सिप सिक्नु ठूलो होईन त्यसलाई व्यवहारमा उतार्नु पर्ने बताउनु भयो । तालीममा १७ जना महिलाको सहभागीता रहेको छ ।

समापन कार्यक्रममा सहभागीहरुलाइ प्रमाण–पत्र तथा समुहमा सिस्नो पिस्ने मेसिनलायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया