सुर्यगढी गाउँपालिकाको तेह्रौ गाउँसभा सम्पन्न

विदुर खबर २०८० असार ७ गते २०:२९

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

Advertisement

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँ पारित गरेको हो ।
गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले तेह्रौ गाउँसभामा चालूतर्फ २३ करोड ५५ लाख ९७ हजार र पुँजीगत तर्फ १५ करोड १५ लाख ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

शिक्षा, स्वास्थ्य र पर्यटन सहितको पूर्वाधार गतिशिल सूर्यगढी हाम्रो आधार भन्ने नारा तय गरेको गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशु विकास, सहकारी, पशु र पर्यटन सम्बन्धी विषय समावेश गरेको छ ।

Advertisement

छात्राहरुलाई शिक्षा तर्फ आकर्षित गर्न अध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गरिने, एक घर एक धारा खानेपानी कार्यक्रमलाई प्राथमिकता दिइने, एक वडा एक खेल मैदानको कामलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिए ।

यस्तै गाउँपालिका ५५ वर्षदेखि ६७ वर्षसम्मका एकल पुरुषहरुका लागि भत्ताको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष घलेले बताए । उनले यसै वर्ष गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण शुरु गरिने समेत जानकारी दिए ।

Advertisement

प्रतिक्रिया