टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्ने

विदुर खबर २०८० जेठ २७ गते २२:२४

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन्।

Advertisement

नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा उनले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन। यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ। त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन।’

उनले निर्माण अघि बढाउनकै लागि एक अर्ब रुपैयाँ बजेटमा राखिएको बताउँदै विदेशी सहयोग पनि आउने सम्भावना रहेको बताए। अर्थमन्त्री महतले राजस्व कम उठेकोले समेत चाहेर पनि ठूलो बजेट बनाउन नसकिएको बताए। उनले आफु नुवाकोटकै भएकाले थोरै बढी बजेट परेको बताउँदै त्यसले संसदसम्म चर्चा भएको समेत बताए।

Advertisement

अर्थमन्त्री महतले बजेटको मुख्य उदेश्य देशको अर्थतन्त्र चलायमान बनाउने रहेको बताउँदै त्यही आधारमा राजस्वको आकार पनि बढेको बताए।

प्रतिक्रिया