सेयर बजार सीमित व्यक्तिको कब्जामा पर्यो : अर्थमन्त्री महत
नुवाकोट । सेयर बजार सीमित व्यक्तिको कब्जामा परेकाले आम लगानीकर्ताले नोक्सान व्यहोर्नु परेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले करिब ५६ लाख लगानीकर्तालाई देखाएर सेयर बजारमा सीमित व्यक्तिहरूले लाभ लिइरहेको आरोप लगाएका हुन् ।
‘सीमित व्यक्तिले चलखेल गरी बजार बढाउने/घटाउने काम भइरहेको रहेछ, उनीहरूका गतिविधिले आम सर्वसाधारण लगानीकर्ताले नोक्सानी बेहोरिरहेका छन,’ उनले भने, ‘यसलाई निस्तेज पार्न धितोपत्र बोर्ड लाग्नुपर्छ । सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी बजार सञ्चालन हुन दिनु हुँदैन ।’
बजारमा मौलाउँदै गएको यस्तो विकृति रोक्नका लागि प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण गर्न नेपाल धितोपत्र बोर्डलाई अर्थमन्त्री महतले निर्देशन दिएका छन् ।
यस्तै, कम्पनीको महत्वपूर्ण सूचना चुहाएर गर्ने भित्रि कारोबार पनि बजारमा रहेको अर्थमन्त्री महतले बताए । ‘सेयर बजारमा भित्री कारोबार भइरहेको सुन्नमा आउँछ,’ उनले थपे, ‘भन्ने बेला ५६ लाख लगानीकर्ता भनेर भन्ने अनि लाभ लिने बेलामा सीमित व्यक्तिले लिने यो ठीक भएन ।’
आगामी आर्थिक वर्षमा घोषणा भएको सेयर कारोबारमा करको विषयमा पनि तिनै सीमित व्यक्तिले विरोध गरेको उनले बताए । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने नागरिकहरूका लागि करका दरले कुनै फरक नपारेको पनि उनले बताए । सेयर बजारमा केही फाइदा लिन चाहनेहरूले कहाँ भन्दा के असर पर्छ भनेर प्रचार गर्दा गलत कुराको प्रचार भएको आर्थमन्त्री महतको भनाइ छ ।
बजारलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको पनि उनले बताए । कमोडिटी बजारलाई सञ्चालनमा ल्याउने, बजारलाई पेपरलेस बनाउने, सीमित व्यक्तिले अनुचित लाभ लिनबाट जोगाउने, अनुचित लाभ लिनबाट जोगाउन, सेयर बजारलाई स्वस्थ बनाउन प्रभावकारी रूपमा काम गर्न उनले निर्देशन दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया