तारकेश्वर गाउँपालिकाले बाआमासँग छोराछोरी कार्यक्रम ल्याउने
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले बाआमासँग छोराछोरी कार्यक्रम ल्याउने भएको छ ।
तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ मा आयोजित वडाअध्यक्षसँग शिक्षक कार्यक्रममा बोल्दै गाउँपालिकाका शिव अधिकारीले आगामी आ.व. २०८०÷०८१ को नीति, कार्यक्रममा ’अभिभावकसँग छोराछोरी’ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
उनले बाआमासँग छोराछोरी कार्यक्रममा अभिभावक र छोराछोरीसँगै राखेर विज्ञहरुबाट प्रशिक्षण र परामर्शका लगायतका कामहरु समावेश गरिने बताए । शिक्षाको गुणस्तर सुधारका लागि भइरहेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै अधिकारीले आगामी बजेटमा ’अभिभावकसँग छोराछोरी’ कार्यक्रम समेट्ने योजना सुनाए ।
कार्यक्रममा बोल्दै अधिकारीले बालबालिकाको सिकाइ र समग्र विकासमा विद्यालयको मात्र नभई अभिभावकको पनि उत्तिकै भूमिका हुने भएकाले अभिभावकलाई प्रशिक्षण र परामर्श दिन लागिएको अध्यक्ष बताए ।
अधिकारीले आगामी आ.व. २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटका लागि जनजनलाई समेट्ने, सबै क्षेत्रको सर्वाङ्गीण विकासका लागि रचनात्मक कार्यक्रमहरू समेटी सुझाब प्रस्तुत गर्न समेत सबैलाई आग्ह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया