वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

विदुर खबर २०८० वैशाख ४ गते १०:३२

नुवाकोट । कञ्चनपुरबाट प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन् ।

उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ ।

Advertisement

क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

Advertisement

प्रतिक्रिया