नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रा आज मनाइँदै

विदुर खबर २०७९ चैत २५ गते १२:३२

नुवाकोट। नुवाकोटको ऐतिहासिक  सिन्दुरे जात्रा आज मनाउन लागिएको छ ।

Advertisement

जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो । गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल आज बिहान धरमपानी पुग्नुभएको छ ।

भैरवी वर्षबन्धन–२०७९ को सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु एंव सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पु¥याइएको भैरवीदेवीको रथ शुक्रबार साँझ ‘फिर्ती सवार’ गराएर आज बिहानीपख धरमपानीमा पु¥याइएको छ ।

Advertisement

बिहीबार राति जालपादेवी मन्दिर पुग्नुभएका धामीसहितको लावालस्कर पनि शुक्रबार मध्यरातमा देवीघाटबाट नुवाकोटतर्फ फर्काइएको छ । देवीघाटबाट मध्यरातमा लाम बगैँचा, वाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहनुभएको नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

जालपादेवी मन्दिरमा पु¥याइएको भैरवीदेवी, अष्टमात्रिकासहितको रथयात्राको स्थानीयवासीसहित तीर्थालु, जात्रालुले शुक्रबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए ।

Advertisement

धामीधमिनी सहितको लावलस्कर भने मध्येरातको सङ्कटासन्न समयमा जालपादेवी मन्दिरबाट नुवाकोटतर्फ फर्काइएको छ ।भक्तजन तथा जात्रालु, तीर्थालुले धामी–धमिनी एवं जालपादेवी र भैरवीदेवी मन्दिरको एकै स्थानमा दर्शन गर्न पाउने अवसर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको अवसरमा जुर्ने गरेको छ ।

भैरवी वर्ष बन्धनअन्तर्गत मनाइने सिन्दुरे जात्रा सरकारी जात्रा भए पनि नुवाकोटवासीले साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मानका साथ मनाउने गरेका छन् ।

गत फागूपुर्णिमामा लिङ्गो काटेर सुरु भएको भैरवी वर्षबन्धनको मुख्य दिन आज सिन्दुर खेलेर मनाए पनि लिङ्गो बिसर्जन लगायतका बाँकी धार्मिक विधि र प्रक्रिया दशमी (आगामी वैशाख २ गते) सम्म चल्नेछ ।

प्रतिक्रिया