नुवाकोटको प्रसिद्ध सिन्दूरे जात्रा शुरु
नुवाकोट । नुवाकोटको प्रसिद्ध जात्राको रुपमा परिचित सिन्दुरे जात्रासुरु भएको छ ।
‘जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पूजारी हरिमानसिंह डंगोल र उहाँको जीवन संगीनीलाई पुज्दै मुलुकमा आगामी वर्ष के हुन्छ भनेर गोप्यरूपले भाविष्यवाणी गर्ने सिन्दूरे जात्राको विशेष महत्वका साथ बुधवार लिङ्गो उठाएर शुरु भएको हो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिन्दुरे जात्रा मल्लकालीन समयदेखि नै शुरु भएको पाइए पनि पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरेपछि थप व्यवस्थित बनाइएको जानकारहरु बताउँछन ।
फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई शुरु भएको ‘भैरवी वर्षबन्ध’ अन्तरगत वैशाख शुक्ल पूर्णिमाको अवसरमा शुक्रवार देवीघाटमा लाग्ने देवीजात्राका लागि बुधवार अपराह्नदेखि विशेष महत्वका साथ मनाउन लागिएको हो ।
लिङ्गो उठाइएपछि उल्लासका साथ शुरु हुने जात्राअन्तर्गत भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिर प्रस्थान गरेका छन् ।
विदुर नगरपालिका–२ मा रहेको भैरवीदेवी वहिनि र विनपा–५ मा रहेको जालपादेवी दिदि हुन् भन्ने मान्यताका साथ एकताको रुपमा हरेक वर्ष भैरवी रथयात्रा गरी दिदीबहिनीको भेट गराएर जात्रा पर्व मनाइने गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया