सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम पेसी
विदुर खबर
२०७९ चैत २२ गते ९:१५

नुवाकोट । क्रिकेट सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतले सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आज अन्तिम पेसी तोकिएको हो ।
उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ मा एक होटलमा लगेर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । नाबालिगले भदौ २१ गते जाहेरी दिएकी थिइन् ।
यद्यपि चैत १३ गते अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
त्यसपछि आज अन्तिम पेसी तोकिएको हो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया