हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक बन्द
नुवाकोट । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि बन्द गरिएका छन् ।
चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन् । थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको छ ।
वडा कार्यालयका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने भएको छ ।त्यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ को ज्यामिरेबाट रामचन्द्र भन्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको छ । इन्द्रसरोवर गाउँपालिका–३ को कार्यालयले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।
हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया