नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्ने
नुवाकोट । युएईले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा युएईले टस जित्दै नेपालविरुद्ध पहिले ब्याटिङ रोजेको हो ।
खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज एउटा परिवर्तन भएको छ । करण केसीको स्थानमा गुल्सन झालाई राखिएको छ ।
युएईविरुद्ध जित निकाले मात्र नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ । नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।
नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउने छ । किन कि नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । अन्तिम खेल खेल्नु अघि नेपालको ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ । यदि खेलमा वर्षा बाधक बनेमा वा एक – एक अंक बाँड्ने अवस्था आए नामिबियानै क्वालिफायर्स खेल्ने भाग्यमानी बन्ने छ ।
नेपाल जारी सिरिजमा अपराजित छ । तर युएईले नेपाललाई चुनौती दिन सक्नेछ । युएई समान खेलमा ३३ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।
युएईले अघिल्लो खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै सिरिजमा कमब्याक गरेको थियो । जारी सिरिजमा यी दुईबीच भेट हुँदा नेपालले एक सय ७७ रनको कीर्तिमानी रन अन्तरको जित हात पारेको थियो ।
लिग टुमा शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र दोस्रो स्थान सुरक्षित गरेको ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया