बैंकको ब्याजदर घट्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/03/bank-intrest.jpg)
नुवाकोट । नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ ।
संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको संघका एक कार्यसमिति सदस्यले बताए । यस अघि बचततर्फको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत थियो।
बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यस अघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।
बैंकहरुले माघमा कर्जाको ब्याज १ प्रतिशत घटाएका थिए भने फागुनमा निक्षेपको ब्याज घटाएका थिए । बैंकहरुले ब्याजदर घटाउदा लागत घट्न गई बैंकहरुको औसत बेस रेट घटेको छ । बैंकहरुको हालको औसत बेसरेटलाई आधार मान्दा र अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था हुँदा ऋणको ब्याज अब १४ प्रतिशतभन्दा माथि नजाने देखिन्छ ।
यी दुवै व्यवस्था चैत्र देखि लागु हुने छ । बैठकले मुद्दती निक्षेपको ब्याजदरमा भने फेरबदल गरेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया