शुद्ध खानेपानीको व्यवस्थापकीय कार्यमा सरकार अगाडि बढ्दै

विदुर खबर २०७९ फागुन १० गते ७:४१

नुवाकोट । खानेपानीमन्त्री अब्दुल खानले शुद्ध खानेपानी व्यवस्थापन गराउन वर्तमान सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।

Advertisement

विदुर खानेपानी योजना निरीक्षणका क्रममा रसुवाको बेत्रावती पुग्नुभएका मन्त्री खानले सन् २०३० भित्र सबै नेपालीलाई खानेपानीको व्यवस्थापन गर्ने सरकारको नीति अनुरूप हिमाली जिल्ला रसुवाका गाउँगाउँमा खानेपानीको व्यवस्थापकीय कार्यका लागि आफू निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

धार्मिक र ऐतिहासिक क्षेत्रका स्थानमा खानेपानीको आवश्यकतासम्बन्धी राखिएको जिज्ञासामा मन्त्री खानले अन्तर्राष्ट्रिय नाका रसुवागढी, गोसाइँकुण्ड मार्गका अत्यावश्यक स्थान, पर्यटकीय क्षेत्र लाङटाङ मार्ग तथा उत्तरगया क्षेत्रमा अध्ययन गराई व्यवस्थापनको कार्यमा अगाडि बढ्ने जानकारी दिनुभयो ।

Advertisement

‘एक घर एक धारा’ को अवधारणाअनुरूप सबै नागरिकका घरघरमा पानी व्यवस्थापनका लागि नीतिमा कुनै कमजोर नभएको र कार्यान्वयनमा मात्र कमी भएको स्पष्ट पार्दै मन्त्री खानले जनताको जीवनसँग जोडिएको खानेपानीको काम अगाडि बढाउन वर्तमान सरकार तीव्ररूपमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

अब बन्ने खानेपानीका संरचना संरक्षणमा आम उपभोक्तालगायत सबै क्षेत्रको सहयोग अपरिहार्य भएको उहाँको भनाइ थियो । जलस्रोत ऐन, २०४९ परिमार्जनसहितको २०७९, ऐन जारी भई जल व्यवस्थापन र उपभोगमा स्पष्ट खाका बनी सकेको बताइएको छ ।

Advertisement

मन्त्री खानले रसुवा तथा नुवाकोट जिल्लाको सिमानामा अवस्थित उत्तरगया धाम बेत्रावतीको भ्रमण गरी त्यस क्षेत्रको विद्यमान खानेपानीका समस्याप्रति अभिरूचिपूर्वक जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया