रेडक्रस सोसाइटी रसुवाको सभापतिमा पुन: वावुलाल तामाङ निर्वाचित
विदुर खबर
२०७९ माघ २५ गते १७:४६

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी रसुवाको सभापतिमा पुन : वावुलाल तामाङ निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
आज भएको २८ औ जिल्ला अधिवेशनले तामाङको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । उप–सभापतिमा निलनाथ आचार्य निर्वाचित हुँदा महिला उप–सभापतिमा देकी छोपो तामाङ निर्वाचित भएका छन् ।
यस्तै मन्त्रिमा चुडामणी अधिकारी, कोषाध्यक्षमा दिनेश कुमार तामाङ र उपमन्त्रिमा राजकुमार घले निर्विरोध भएका छन् ।
त्यस्तै सदस्यहरुमा पासाङ तामाङी, शुशिला तामाङ, सार्की तामाङ, सुर्नष तामाङ, र दशरथ देवकोटा निर्वाचित भएका छन् ।
यस्तै अन्य सदस्यहरुमा कृष्णप्रसाद देवकोटा, नुर्प तामाङ, ऋषेश्वर पौडेल, कमल गुरुङ र लामा थर्चेन घले निर्वाचित भएको निर्वाचन अधिकारी रामजी पौडेलले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया