आजको मौसम : तराईमा बाक्लो हुस्सु-कुहिरो लाग्ने
विदुर खबर
२०७९ पुष २३ गते ८:०६

नुवाकोट । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु कुहिरो शितलहर लागिरहेको छ ।
दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।
तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया