नुवाकोटमा अवैध काठसहित पाँच जना पक्राउ
विदुर खबर
२०७९ पुष २० गते ११:३९
नुवाकोट । नुवाकोटमा अवैध काठसहित पाँच जना पक्राउ परेका छन् ।
सूर्यगढी गाउँपालिका-३ बिसमुरेमा काठ काटिरहेको अवस्थामा दुई जना र शिवपुरी गाउँपालिका-८ मा तीन जना पक्राउ परेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाले बताए ।
उनका अनुसार सूर्यगढी गाउँपालिका-३ बिसमुरेमा २ सय १० गोलिया र फलाँटेको एक फर्निचरबाट चिरान गरेको १ सय ६ थान सालको काठसमेत बरामद गरिएको छ ।
त्यसैगरी, शिवपुरी गाउँपालिका-८ मा बा४ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । ककनी गाउँपालिका ८ मा अवैधरुपमा लुकाइछिपाई राखेको एक ट्रिप सालको गोलिया काठसमेत बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बरामद काठ र पक्राउ परेकामाथि अनुसन्धान भइरहेको वन कार्यालय नुवाकोटका प्रमुख कोइरालाले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया