भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/08/noc.jpg)
नुवाकोट । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट आज प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा रु. २.५४ प्रति लिटर, डिजेलमा रु. २.९५ प्रति लिटर, हवाई इन्धनमा रु. ४.१३ प्रति लिटर र एल. पी. ग्यासमा प्रति सिलिण्डर रु. ७८.२२ ले मूल्य बढेर आएको छ । मट्टितेलमा केही घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका अनुसार हाल निगमलाई एलपी ग्यासमा रु. ३५९.५० प्रति सिलिण्डर घाटा छ। ग्यासमा १५ दिनको घाटा रु. ४६. ४४ करोड हुने निगमले जनाएको छ। पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा भए पनि समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित रु.९९ करोड नाफा हुने अवस्था देखिएको आयल निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम नोक्सानीमा संचालन हुँदै आएको निगमले उल्लेख गरेको छ।
निगमले ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई ८ जनवरी, २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिव रु. १८ अर्ब तिर्न बाँकी रहेको अवस्था छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया