पृथ्वी जयन्तीमा विदा दिए राप्रपा सरकारमा जाने
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जसअनुसार राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ ।
यस्तै, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
संघीय संसद्मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ। तर अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन । यद्यपि राप्रपाका अधिकांश नेताहरू सरकारमा सहभागी हुन सुरुदेखि नै तयार देखिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया