नुवाकोट क्षेत्र नम्बर १ मा तामाङ र मैनालीबिच कडा प्रतिष्पर्धा
विदुर खबर
२०७९ मंसिर ६ गते १२:४७

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार हित वहादुर तामाङ र एमालेका बद्री मैनालीबिच कडा प्रतिष्पर्धा भइरहेको छ ।
मतगणनामा शुरुदेखि नै अग्रता बनाइरहेका मैनालीलाई लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार हित वहादुर तामाङले पछ्याइरहेका छन् ।
कुल ८ हजार ६४ मत गणना हुँदा एमालेका मैनालीले ३ हजार ९३ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार तामाङले ३ हजार ६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै रााष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ९ सय ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय नुवाकोट क्षेत्र नम्बर २ ले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया