गठबन्धन दललाई मत दिन पुर्वप्रम भट्टराईको आग्रह
विदुर खबर
२०७९ कार्तिक २५ गते १२:२८
नुवाकोट । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा. बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेद्वार कांग्रेस नेता प्रकाशमान सिंहलाइ मत माग्ने क्रममा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं क्षेत्र नम्बर १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गरे । ‘ अहिलेको निर्वाचन बिशिष्ठ छ । सामान्य अबस्थामा दलहरुब्ीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो ।
उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’
त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे । उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘संविधान बन्यो । कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयनको अवसर दिन आग्रह गरे । संविधानलाई रक्षा गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्दै र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनलाई मत आवश्यक छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया