प्रदेश १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
विदुर खबर
२०७९ कार्तिक १२ गते ७:४९

नुवाकोट । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।
आज प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ, भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाको छ, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया