दिपक मनाङे निर्विरोध निर्वाचित
विदुर खबर
२०७९ असोज २६ गते १३:२७

नुवाकोट । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।
मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्वाचित भएका हुन्र ।
कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेलाई बुधबार नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए ।
मनाङे २०७४ मा पनि एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित भएका थिए । गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया