नुवाकोटको २ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
नुवाकोट । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गराउन जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहीबार जिल्ला सदरमुकाम विदुरस्थित नुवाकोट अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । विदुर नगरपालिका- २ को प्रिफेब भवनमा कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते आइतबार हुने निर्वाचनका लागि जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले कार्यालयको बोर्ड राखेर कार्यालय उद्घाटन गरेका थिए ।
उक्त कार्यालयले नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन गराउने छ भने अर्को निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय तादी गाउँपालिका ३ खरानीटारमा स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत धामीले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने बताए । मनोनयनदेखि सबै कामकारबाही यही कार्यालयबाट हुनेछ भने अन्य कार्यालयको पनि सुपरिवेक्षण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि नुवाकोटमा मतदानस्थल र मतदान केन्द्र कायम भैसकेका छन् । निर्वाचनमा १ सय ३२ वटा मतदानस्थल र २ सय ८७ वटा मतदान केन्द्र कायम गरिएको छ ।
अधिकांश मतदानस्थल विद्यालयहरूमा, केही स्वास्थ्य चौकी लगायतका भवनमा रहेका छन् । नुवाकोटमा २ लाख ३९ हजार मतदाता छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया