मासु अड्कीएर २ जनाको मृत्यु

नुवाकोट । मासु खाने क्रममा छुट्टा छुट्टै स्थानमा दुइ जनाको मृत्यु भएको छ ।
राँगोको मासु खाँदा घाँटीमा अड्किएर लमजुङमा एक पुरुषको मृत्यु भएको छ । मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको डीएसपी प्रकाश श्रीमलले बताउनुभयो ।
सोमबार अष्टमीको दिउँसो राँगो काटेको र घरमा चौटा खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।
चिसित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु विकले बताए । प्रहरीका अनुसार मृतकको पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइएको छ ।
त्यस्तै सोमबार साँझ चितवन कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको पनि घाँटीमा मासु अड्किएर मृत्यु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया