सिक्लेस हाइड्रो लिमिटेडको आईपिओ मंगलवार बाँडफाँड हुने

नुवाकोट । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ ११ गते मंगलवार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहानको ९ बजे शेयर बाँडफाँड गर्ने तयार गरेको हो ।
सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपिओ आइपीओ प्रि-अलोटमेन्ट असोज ७ गते शुक्रवार हुने भएको छ ।
उक्त आइपीओमा झन्डै १६ गुणा बढीले आबेदन परेको छ। सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।
शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।
प्रतिक्रिया