महिला साफ च्याम्पियनसिप : भारतमाथि नेपालको ऐतिहासिक जित
विदुर खबर
२०७९ भदौ ३१ गते १९:३४
नुवाकोट । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन ।
यस्तै भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो । साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् ।
प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् । अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।
पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया