विदुरमा डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु
नुवाकोट । विदुर नगरपालिकाले नगरपालिकाको केही क्षेत्रमा डेंगुको जोखिम बढेको भन्दै जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न शुरु गरेको छ ।
विदुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्ला समन्वय, प्रहरी, प्रशासन र स्थानियको पहलमा रोगको संक्रमणबाट बच्नका लागि लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको हो ।
नगरपालिकाको केही वडाहरु डेंगु रोगको उच्च जोखिममा रहेकोले नगरपालिकामा डेंगु रोगको प्रकोप बढ्नसक्ने भएकाले सचेतनामूलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्यूपा नष्ट गर्ने अभियान शुरु गरिएको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा तथा प्यूपा नष्ट गर्ने अभियान अन्तर्गत सबै क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीेसहित खटिएका छन् ।
अभियान अन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी छर्किनुका साथै सर्वसाधारणमा सचेतना अभिबृद्धिका कार्यक्रम गर्ने विदुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा नगरपालिकाका उपमेयर प्रभा बोगटी, वडाध्यक्षहरु जनप्रतिनिधी, शाखा प्रमुख, प्रहरी, स्वास्थ्य क्षेत्रमा सक्रिय संघसस्थाहरुको सहभागितामा रहेको थियो ।
आजदेखि शुरु भएको अभियान एक सातासम्म संचालन हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया