नुवाकोट १ मा माओवादी केन्द्रबाट हितबहादुर तामाङ सर्वसम्मत सिफारिस
नुवाकोट । आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने सिफारिस भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम पनि सर्वसम्मतरुपमा सिफारिस भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्ष तर्फबाट केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट समानुपातिकतर्फबाट छ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, शिव खाती, गमला श्रेष्ठ, जानुका धमला र रेखा भण्डारी रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट छ जना र ‘ख’ बाट आठ जनाको नाम सिफारिस भएको हो । समानुपातिकतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ विमला सुवेदी, राममायाँ बोगटी र कृष्ण आनन्द विकको नाम सिफारिस भएको छ ।
प्रदेशसभा ‘क’ बाट सात जनाको र ‘ख’ बाट पनि सात जनाकै नाम सिफारिस भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया