झ्यालबाट खसेर एक जनाको मृत्यु
नुवाकोट । रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा रुसका चर्चित व्यापारी रहरेका छन् । साे घटना रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो। अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन्।
समाचारसंस्था तासका अनुसार बिहीवार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। सोभियत नेता मिखाइल गोर्बाचोफको पनि त्यही अस्पतालमा केही दिनअगाडि निधन भएको थियाे ।
रुसले युक्रेन अतिक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो। कम्पनीका अर्बपति अध्यक्ष भ्यागिट आलेकपेरोभले एप्रिलमा ब्रिटेनले उनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाइदिएपछि राजीनामा दिएका थिए। पछिल्ला महिनाहरूमा रुसका कैयौँ अग्रणी ऊर्जा व्यापारीहरूको अस्वाभाविक परिस्थितिमा ज्यान गएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया