नुवाकोट क्षेत्र नम्बर २ मा चुनाव उठ्नै मै हुँ : वहादुरसिंह लामा
नुवाकोट । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेसँगै नुवाकोटको राजनिति गर्माएको छ ।
निर्वाचनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र रााष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरेका कारण दलहरुलाई टिकट वितरणमा सकस परिरहेको छ ।
दुई निर्वाचन क्षेत्र र चार प्रदेश क्षेत्र रहेको नुवाकोटको अहिले दुर्बै क्षेत्रमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ ।
यसैक्रममा नुवाकोट क्षेत्र नम्बर २ मा संघिय सांसद समेत रहेका वहादुरसिंह लामाले दाबी गरेका छन् । २०७० सालको संविधानसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष लडेका लामा ०७४ सालको निर्वाचनमा समानुपातिकमा बसेका थिए ।
देशको शासकिय स्वरुप परिवर्तन हुँदा तीन निर्वाचन क्षेत्र रहेको नुवाकोट दुई निर्वाचन क्षेत्रमा झरेपछि अर्जुननरसिंह केसी र डा.रामशरण महतलाई प्रत्यक्ष चुनाव लड्न लामा समानुपातिकतर्फबाट सांसद बसेका थिए ।
तर जिल्लामा राजनितिक माहोल परिर्वतन भएकोसँगै लामाले नुवाकोट क्षेत्र नम्बर २ मा दाबी गरेका हुन् । तर नुवाकोट क्षेत्र नम्बर २ मा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले दाबी गरिरहेको अवस्थामा वहादुरसिंह लामाले दाबी गर्दा शिर्ष नेतृत्वलाई टिकट वितरणमा सकस पर्ने देखिएको छ ।
वहादुरसिंह लामा संस्थापन पक्षको भएकोले उनको दाबेदारी वलियो देखिएको छ । टिकटको लबिइङ गर्दै उनी वालुवाटार समेत धाउन थालेका छन । ‘देउवाको समूहमा भएकाले उनलाई सभापतिलाई विश्वासमा लिनसक्छु भन्ने छ,’ एक नेता भन्छन, ‘अर्जुननरसिंह केसीलाई प्रत्यक्षमा दाबी नगर्न अनुरोधका लागि लामा देउवा कहाँ पुगेका हुन ।’
सांसद लामाले नुवाकोट–२ मा आफू उठ्ने दाबी गरे । ‘अर्जुननरसिंह दाइले अघिल्लोपटक मलाई अन्तिम पटक छोडिदेउ भन्नुभएको हो । अर्को पटक चुनाव लड्दिन भन्नुभएको थियो’ लामाले भने, ‘नुवाकोट–२ मा मैले धेरै काम गरेको पनि छु । उठ्ने म नै हो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया