विदुर नगरपालिकामा धेरै जनालाई रोजगारीको अवसर

विदुर खबर २०७९ भदौ ८ गते १२:५७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले धेरै जनालाई रोजगारी दिने भएको छ ।

Advertisement

नगरपालिकाले बुधवार एक सुचना जारी गरि ४० जना शिक्षक माग गरेको हो । नगरपालिकाले आफु मातहतमा रहने गरि ४० जना शिक्षक राख्न लागेकोले विज्ञापन माग गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाको मातहतमा रहेका नगर स्वस्यम सेवक शिक्षकहरुको करार अवधि समाप्त भएको भन्दै नगरपालिकाले नयाँ शिक्षक नियुक्तीको प्रक्रिया थालनी गरिएको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

Advertisement

नगरपालिकाले आधारभुत तहमा २० जना र मावि तहमा २० जनाको लागि आवेदन माग गरेको छ ।

उनले योग्य क्षमतावान व्यक्तिहरुलाई सधै प्राथमिकता दिने बताए । ईच्छुक व्यक्तिले १० दिनभित्र नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

Advertisement

यस्तो छ नगरपालिकाको सुचना ।

प्रतिक्रिया