नुवाकोट आएर रवि लामिछानेले भने, देश खोक्रो पार्नेको जरा उखेल्न आएको हुँ

विदुर खबर २०७९ भदौ ५ गते २१:४८

नुवाकोट । राष्ट्रिय स्वत्रन्त्र पार्टीका संयोजक रवि लामिछानेले देश खोक्रो पार्नेको जरा उखेल्न आफु राजनितिमा आएको बताएका छन् ।

Advertisement

आईतवार नुवाकोटको बट्टारमा आयोजित राष्ट्रिय स्वत्रन्त्र पार्टी नुवाकोटको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

लामिछानेले पुराना दलको कार्यशैलीबाट जनताहरु आजित भएकोले आफ्नो पार्टी विकल्पको रूपमा उदयमान भएको बताए ।

Advertisement

पार्टी गठनपछि देश दौडाहमा रहेका लामिछानेले बट्टारमा आयोजित भेलालाई सम्बोधन गर्दै जनतालाई २४ सै घण्टा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको दाबी गरे ।

‘पुराना राजनीतिक दलले गरेको भए हामी आउनुपर्ने थिएन । सञ्चार क्षेत्रमा रहँदा जनताको दुःख प्रत्यक्ष देखेको छु, त्यसैले दलको दलदलमा परेका नागरिकको उत्थानका लागि विकल्पमा रास्वप लिएर आएका छौँ,’ उनले भने, ‘जनता र उनीहरूको स्वास्थ्य सुरक्षाका लागि २४ सै घण्टा सम्पर्कमा रहनेछौँ ।’

Advertisement

लामिछानेले सञ्चारकर्मीका रूपमा काम गर्दा देशलाई खोक्रो पार्ने हाँगाहरू मात्र समातिएको र त्यसका जराहरूलाई प्रमाणसहित सार्वजनिक गर्दै राज्यलाई दुर्घटनाबाट बचाउनसमेत आफू मैदानमा ओर्लिएको बताए ।

‘आफ्नो मान्छे भर्न र दलाल बिचौलियाहरूको गुलामीमा मस्त सरकारले जनताको गुनासो, दुःख र सुख बुझेनन् त्यसैले पुराना दलहरूलाई चुनौती दिँदै भर्खरै जन्मिएको पार्टी जनताको मायाले एक्लै लड्न मैदानमा उभिएको छ,’ उनले भने ।

उनले रास्वपालाई भात्तृसंस्था, नातावाद कृपावाद विस्तार गर्नुनपरेको भन्दै इमानदारीका साथ निष्ठावान र क्षमतावान जोसुकै पार्टीसँग आबद्व हुन सक्ने बताए ।

सभामा ‘सर्वसाधारण नागरिकका लागि मेरो परिकल्पनाको देश’ विषयक खुला बहससमेत सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया