भवन अभावले सुत्केरी गराउन समस्या,एकवर्षमा साढे २८ हजार सुत्केरीले जन्माए बच्चा
काठमाडौँ, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रिया बाट हुनेगर्दछ ।
पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको छ । गत आवमा अस्पतालमा भर्ना भएका २८ हजार ५०३ महिलामध्ये २० हजार ६८० महिला सुत्केरी भएका थिए ।
अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले अस्पतालको ५९ आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सुत्केरी भएकामध्ये ६ हजार ८२ महिलाको मात्र शल्यक्रियाका माध्यमबाट बच्चा जन्माइएको जानकारी दिनुभयो । प्रसूति तथा स्त्रीरोग उपचारका लागि ४१५ श्ययाको सो अस्पतालको भवनलाई भूकम्पले क्षति पु¥याएका कारण अहिले ३५० श्ययामा खुम्चिन बाध्य रहेको छ । जापान सरकारको सहयोगमा निर्माणाधीन तीन तले भवन अगामी वर्ष हस्तान्तरण गर्ने कार्यक्रम छ ।
“श्ययाको अभावमा अस्पतालमा सेवा लिन आउने बिरामीलाई नफर्काउने तथा अन्यत्र नपठाउने अस्पतालको नीति छ । आर्थिक अभाव भएर बिरामी बिना उपचार फर्किनु पर्दैन”, निर्देशक प्रा डा गौतमले भन्नुभयो ।
आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार, पाठेघर उपचार सुरक्षित गर्भपतन लगायतका सेवा अस्पतालमा निःशुल्क रहेको छ । गत आवमा एक हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । गत आवमा एक लाख ८४ हजार १९९ महिलाले प्रसूति तथा स्त्रीरोग सेवा लिएका थिए ।
हाल अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रही प्रसूति तथा स्त्रीरोग सम्बन्धी स्नातकोत्तर (एमडी), प्रसूति नर्सिङ (मिडवाइफरी) तथा परोपकार नर्सिङसमेत सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले दरबन्दी अनुसार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रदेश तहमा पु¥याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस अस्पताल प्रसूति तथा स्त्रीरोग उपचारमा केन्द्रीय अस्पताल हुने छ भन्नुभयो । परिवार स्वास्थ्य महाशाखाका प्रमुख चिकित्सक डा आरपी विच्छाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत अस्पताललाई थप सहयोग प्रदान गर्ने जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा लता बज्राचार्यले मातृशिशु तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको अस्पतालाई अगामी दिनमा सरकारले थप आर्थिक सहयोग प्रदान गर्नुपर्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया