नुवाकोटको म्यागङ गाउँपालिकाका तीनजना पक्राउ
नुवाकोट । बाटो हिँडिरहेका आमाछोरालाई कुटपिटको आरोपमा म्यागङ गाउँपालिकाका ३ जना पक्राउ परेका छन् ।
त्रिशूली–देउराली–किम्ताङ सडक खण्डमा आफ्नो ३ वर्षीय छोरा लिई बाटोमा हिँडिरहेको अवस्थामा ती महिलालाई कुटपिट गरी घाइते बनाएको आरोपमा म्यागङ गाउँपालिका २ का २५ वर्षीय भिम तामाङ, १८ वर्षीय किस्मत तामाङ र १८ वर्षीय कमन तामाङलाई गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले महिलालाई जबरजस्ती करणी गर्ने प्रयासमा सडकबाट करिब ५ मिटर तल खसालेको र छोरालाई कुटपिट गरी घाइते बनाएका थिए ।
ती महिला र उनको नाबालक छोरालाई कुटपिट गरेर सख्त घाइते बनाएपछि उनीहरु भागेको आरोप लागेको छ । पक्राउ परेकाहरुलाई नुवाकोट अदालतबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी उद्योग तथा ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए ।
प्रहरीका अनुसार ती आमाछोराको काठमाडौंमा उपचार भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया