कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्दै

विदुर खबर २०७९ साउन ३० गते ६:३४

नुवाकोट । कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज सोमबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ।

Advertisement

कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि अभिमुखीकरण गर्न लागेको हो।

सोमबार र मंगलबार ललितपुरको सानेपास्थित होटल हेरिटेज प्लाजामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने छ।

Advertisement

आउँदो मंसिरमा तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई समेत लक्षित गर्दै कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्न लागेको हो। कार्यक्रममा ७०० बढी जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।

प्रतिक्रिया